कोरोना संक्रमित युवतीले जन्माइन जुम्ल्याहा सन्तान, नाम कोरोना र भाइरस

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १२ : ४२


काठमाडाैं । मेक्सिकोमा कोरोना भाइरस (कोभिड–१९) की संक्रमित एक महिलाले जुम्ल्याहा सन्तान जन्माएकी छन् । ३४ वर्षीया ती महिला अन्नामारिया जोसे राफेल भएको समाचारमा जनाइएको छ । उनले मेक्सिकोको जनरल ला भिला अस्पतालमा एक छोरा र एक छोरी जन्माएकी हुन् ।

संक्रमित अस्वथामै दुई सन्तान जन्माएकी ती युवतीले चिकित्सकेको सुझावअनुसार जुम्ल्याहा सन्तानको नाम कोरोना र भाइरस राखेकी छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण मेक्सिकोमा हालसम्म ८ सय बढी कोरोना संक्रमित पुष्टि भएका छन् ।


प्रतिक्रिया दिनुहोस्