८ दिन लकडाउन थप्ने सरकारको निर्णय

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ११ : ४५


काठमाडौं । सरकारले लकडाउन ८ दिन थप्ने निर्णय गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रस्तावमा लकडाउन थपेको बताइएकाे छ । समितिले लकडाउन ७ देखि बढीमा १४ दिन प्रस्ताव गरेको थियो। सरकारले समितिको प्रस्ताव अनुसार लकडाउन थप्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता घोषणा गरेको लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । आइतबार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय अनुसार अब त्यसपछि पनि थप ८ दिनसम्म लकडाउन हुनेछ । 


प्रतिक्रिया दिनुहोस्