किराना पसल सहित ६ परिवारका लागि घरभाडा छुट दिने सुदर्शन पराजुलीको घोषणा

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ११ : ३२


काठमाडाैं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आतंकित बनिरहेको विषम परिस्थितिमा नेपालमा केही मानिसहरुले एक अर्कालाई सहयोग गर्दै मानवता देखाइरहेका छन्। यसै सन्दर्भमा काठमाडौंको वडा नम्बर ३२ कोटेश्वरमा आफ्नो घरमा भाडामा बस्नेहरुका लागि सुदर्शन पराजुलीले १ महिनाको  भाडा नलिने घोषणा गर्नुभएको छ ।

सुदर्शन पराजुलीकाे परिवार

उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो घोषणा गर्नुभएको हो । उहाँले आफ्नो  जन्मदिनको उपलक्ष्यमा सो घोषणा गरेको समेत जानकारी दिनुभएको छ । उहाँको घरमा किराना पसल सहित  ६ परिवारका लागि घरभाडा नलिने निर्णय गरेको donlineलाई जानकारी दिनुभएको छ ।

‘मैले हाम्रो घरमा बहालमा बस्नुहुने महानुभावहरूको अवस्थालाई ध्यानमा राखी चैत्र महिनाको घर बहाल नलिने निर्णय लिएको छु । यसले धेरै ठुलो कोसेली त हुने छैन, तर पक्कै पनि सानो राहत भने महसुस हुने छ भन्ने विश्वास लिएको छु ।' उहाँले फेसबुक स्टाटसमा लेख्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्