दाङ । कोरोना भाइरसको आशंकामा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका ३ जना विरामीको रिर्पोट सार्वजनिक भएको छ।
काठमाडौँको टेकुस्थित प्रयोगशालामा पठाइएको नमुना परीक्षण गर्दा उनीहरुको रिर्पोट नेगेटिभ पाइएको छ। कोरोनाको रिर्पोट नेगेटिभ आएपछि तीनै जनालाई आजै डिस्चार्ज गरिएको छ।
कोरोनाको संक्रमण भएको आशंकामा उनीहरुलाई आइसोलेसनमा राखिएको थियो। रिपोर्ट नेगेटिभ आएपछि १४ दिनसम्म घरमै क्वारेन्टाइनमा बस्ने गरी उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिनुभयो।
यसअघि आइसोलेसनमा रहेका दुई जनाको रिपोर्ट पनि नेगेटिभ आएपछि शुक्रबार उनीहरुलाई डिस्चार्ज गरिएको थियो।