आगामी ३ वैशाखसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १० : ३७


काठमाडाैं । नेपाल आउने अन्तर्राष्ट्रिय उडान आगामी ३ वैशाखसम्मका लागि बन्द हुने भएको छ । यसअघि प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्दको घोषणा गर्नुभएकाे थियाे ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकले सो अवधि थप गर्ने निर्णय गरेको हो । कोरोनाले विश्वभर महाहारीको रुप लिएकाले उक्त अवधि लम्ब्याइएको समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्