आईसियुमा राख्ने तयारी गर्दा गर्दै युवकको मृत्यु

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ९ : ५६


काठमाडौं । बुटवलस्थित कोरोना अस्पतालमा मृत्यु भएका कोरोनाका संदिग्ध व्यक्तिको पहिचान खुलेको छ।

मृत्यु हुनेमा पाल्पा घर भई वुटवलको सैनामैना नगरपालिका मुर्गिया बस्ने ३४ बर्षीय बाबुराम थापा छन्।

पारिवारिक स्रोतका अनुसार थापा यहि ६ गते मात्रै दुबईबाट घर फर्केका थिए।

उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आज मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको र रिपोर्ट नआइसकेकाले मृत्युको कारण के हो भन्ने अहिले पुष्टि गर्न नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बताउनुभयो।

घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले एक हप्तासम्म घरमै आराम गरी बसेका थिए।

एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा आज पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका ‘फोकलपर्सन’ वरिष्ठ फिजिसियन डा.सुदर्शन थापाले बताउनुभयो।

अस्पतालले थापालाई आइतबार आईसियुमा राख्ने तयारी थियो।

उनको मृत्युपश्चात् उनको परिवारलाई समेत स्वाबको रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिनेसमेत डा खनालले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस्