बागलुङकी युवतीको धौलागिरी अस्पतालमै उपचार गरिने

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ७ : १३


काठमाडाैं । कोरोना भाइरसको संक्रमण देखिएकी बागलुङकी युवतीको धौलागिरी अस्पतालमै उपचार गरिने भएको छ । सामान्य अवस्थामा रहेकी उनको धौलागिरि अस्पतालमै उपचार गर्न सकिने भएकाले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) भेन्टिलेटर, भिटिएम लगायतका सामाग्री पोखराबाट बागलुङ पठाउन लागिएको बताइएकाे छ ।

विरामीको अवस्था जटिल नभएकाले बालगुङमै उपचार गर्न सकिने निश्कर्षका साथ पिपिई, भेन्टिलेटर लगायतका सामाग्री बागलुङ पठाएर उपचार गर्नका लागि गृह मन्त्रालय र स्वास्थ्यमन्त्रालयले अनुमति दिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्