पाँच मिनेटमै कोरोना भाइरस परीक्षण हुने मेसिन तयार

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : ०५


काठमाडाैं ।  कोरोना भाइरस संक्रमण परीक्षणका लागि अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको छ । यो प्रविधिले पाँच मिनेटमा प्रयोगशालाको झन्झट बिना नै नतिजा दिनसक्छ ।

प्रविधिलाई अमेरिकाको फूट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए) ले अनुमति दिइसकेको छ । आगामी साताबाट दैनिक ५० हजारको दरले यो मेसिन निर्माण सुरु हुन सक्ने बताइएको छ ।

उक्त मेसिनले बिरामीमा भाइरसको आरएनए कति छ भन्ने कुराको पहिचान गर्ने भएकाले शरीरमा भाइरसको उपस्थिति कति छ भन्ने कुरा यसले पत्ता लगाउन सक्छ ।

एबोटले अप्रिलमा यो मेसिनबाट ५० लाख मानिसमा कोरोना भाइरसको परीक्षण हुनसक्ने बताएको छ । एफडीएले यसलाई गत मार्च १८ मा अनुमति दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्