बेलायतकी महारानी इलिजावेथलाईलाई पनि कोरोना संक्रमण

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ५ : १४


काठमाडाैं । बेलायती महारानी इलिजावेथलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । इन्डिपेन्डेन्ट डट एनजीका अनुसार यसअघि कोरोना संक्रमण देखिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग मार्च ११ मा भेट गरेकी भएकाले उनलाई कोरोना पोजिटिभ देखिनु आश्‍चार्य नभएको जनाएको छ ।

बगिङ्‌हम प्यालेसका अनुसार जोन्सनले मार्च ११ मा महारानीसँग भेट गरेका थिए । यसअघि प्रधानमन्त्री जोन्सनलाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन् । उनले आफू घरबाटै काम गर्नेसमेत बताएका थिए । दरबारका अनुसार उनको स्वास्थ्य अवस्था राम्रो छ ।

उनलाई सामान्य लक्षणहरु देखिएका छन् । दरबारले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘महारानीलाई पनि कोरोना पोजेटिभ संक्रमण देखिएको छ । उनी अहिले विन्डसोस क्यासलमा सेल्फ-आइसोलेसनमा छन् । महारानी र प्रधानमन्त्रीबीच मार्च ११ मा भेट भएको थियो ।’ यसअघि बुधबार राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्