एकै परिवारका ५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण, ५० आफन्तको पनि जाँच गरिने

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ५ : ११


नेपालको छिमेकी मुलुक भारतमा एकै परिवारका ५ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ। भारतको उत्तर प्रदेशको बुलंदशहर जिल्लाको खुर्जाका १ व्यक्तिलाई कोरोान भाइरसको संक्रमण भेटिएको थियो। 

त्यसपछि उनको परिवारलाई जाँच गर्दा उनकी पत्नी र पत्नीका ३ जना भाइहरुमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शुक्रबार एकै परिवारका ३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको खबरपछि जिल्ला प्रशासनमा खैलाबैला मच्चिएको छ। 

त्यसपछि ती संक्रमित व्यक्तिको सम्पर्कमा आएका आफ्न्तको खोजी कार्य सुरु गरिएको छ। ती व्यक्तिको सम्पर्कमा आएका ५० जनाको स्वास्थ्य जाँच गरिने समाचारमा जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस्