काठमाडौँ । विश्व महामारीको रुप ल्याएको कोरोना भाइरसबाट बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि संक्रमित भएका छन्। कोरोना भाइरसबाट संक्रमित बनेका प्रधानमन्त्री बोरिसले बेलायतभरका जनतालाई भावुक पत्र लेख्ने भएका छन्।
उनले आफ्ना जनतालाई घरमै बस्न आग्रह गर्दै पत्र लेख्ने बताइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। शनिबार डाउनिङ स्ट्रिटले वक्तव्य जारी गर्दै यस बारेमा जानकारी गराएको समाचारमा उल्लेख छ।
प्रधानमन्त्रीको उक्त पत्र अर्को हप्ता ३ करोड जनताको घर–घरमा पु–याइने बताइएको छ।
के छ प्रधानमन्त्रीले जनतालाई लेखेको पत्रमा ?
हामीलाई थाहा छ, स्थिती सबैभन्दा खराब भएपछि मात्रै राम्रो हुन्छ । तर हामीले सही तयारी अपनाइरहेका छौं। हामीले नियमको जतिसक्दो पालना गर्छौं त्यति नै कम व्यक्तिले ज्यान गुमाउनु पर्नेछ र त्यति नै छिटो जीवन सामान्य अवस्थामा फर्कनेछ। त्यसकारण राष्ट्रिय संकटकालको यो घडीमा कृपया घरमा नै बस्नुहोस्, जीवन बचाउनुहोस्।’