चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारीबाट विश्व त्रसित बनेको छ। छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको संक्रमण फैलिरहेको छ। कोरोना भाइरसबाट भारतमा २४ जनाको मृत्यु भएको छ भने एक हजार संक्रमित भएका छन्।
कोरोान भाइरसको संक्रमण नियन्त्रणका लागि भारतीय सरकारले पूर्ण लक डाउनको घोषणा गरेको छ। पूर्ण लक डाउनको घोषणापछि सबैभन्दा बढी प्रभाव त्यहाँका मजदुरलाई परेको छ।
लकडाउनका क्रममा भारतमा एक अचम्मित पार्ने खबर सार्वजनिक भएको छ। भारतको गुजरातस्थित जामनगरमा लकडाउनका कारण घरबाट बाहिर निस्क्नि नपाएका कारण एक युवकले आत्महत्या गरेका हुन्।
लकडाउनको चौथो दिन गुजरातको जामनगरमा कौशिक मन्डेराले झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। युवक राजकोटमा मजदुरी गर्थेँ । लकडाउनका कारण उनी आफ्नो घर जामनगर पुगे। उनी घरबाट बाहिर निस्कन पाएनन्। घरबाट बाहिर निस्किन नपाएपछि उनी तनावमा थिए । राती उनले पछ्यौरालाई पासो बनाएर पङ्खामा झुण्डिर आत्महत्या गरेको समाचारमा उल्लेख छ।