बिरालोमा पहिलो पटक कोरोनाको संक्रमण पुष्टी

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  २ : ४१


कोरोना भाइरसको महामारीबाट विश्व त्रसित छ। अहिलेसम्म विश्वका १९९ देशमा कोरोना भाइरसको संक्रमण फेला परेको छ। यसै क्रममा कोरोना भाइरसको संक्रमण पहिलो पटक बिरालोमा पनि भेटिएको छ। बेल्जियममा एउटा बिरालो कोरोनाभइरसबाट संक्रमित भएको पुष्टी भएको हो। 

बिरालोका मालिक कोरोना भाइरसका संक्रमति थिए। पछि उनको बिरालोमा जाँच गर्दा त्यसमा पनि कोरोना भाइरसको पुष्टी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

बेल्जियमको लिज भन्ने ठाउँमा आफ्नो मालिक कोभिड–१९ बाट संक्रमित भएको एक हप्तापछि बिरालोमा पनि यसको लक्षणहरु देखिएको थियो । पछि चेकजाँचका क्रममा बिरालोमा पनि संक्रमण पुष्टी भएको समाचारमा उल्लेख छ। 

बिरालोमा कोरोनाको संक्रमण भेटिएको यो पहिलो घटना हो। यसअघि हङकङमा दुईवटा कुकुरमा कोरोनाको संक्रमण देखिएको थियो।


प्रतिक्रिया दिनुहोस्