विश्व महामारीको रुप ल्याएको कोरोना भाइरसका कारण विश्व त्रसित बनेको छ। कोरोना भाइरसको महामारीबाट अमेरिका पनि अछुतो रहन सकेको छैन्। विश्वमै सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा अन्य देशको तुलनामा कोरोना भाइरसको संक्रमण दोब्बरले बढेको छ।
शनिबार मात्रै अमेरिकामा १९ हजार ३ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् भने ५ सय १५ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा अहिलेसम्म ज्यान गुमानेको संख्या २ हजार २११ पुगेको छ भने १ लाख २३ हजार ४९८ जना संक्रमित रहेका छन्।
अन्य देशको तुलनामा अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या सबैभन्दा बढी हो।
अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा ठूलो केन्द्र इटाली बनेको छ। शनिबार मात्रै इटालीमा ८ सय ८९ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ७४ जना नयाँ संक्रमित फेला परेका छन्। यो सँगै इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २३ पुगेको छ भने ९२ हजार ४७२ जना संक्रमित भएका छन्।