एजेन्सी । स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। ८६ वर्षीया राजकुमारी टेरेसाको शुक्रबार कोरोना संक्रमणबाट ज्यान गएको हो।
राजकुमारी टेरेसाको मृत्यु भएको शाही परिवारले पुष्टि गरेको छ। सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा जन्मिएकी टेरेसाको मृत्युपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ।
स्पेनमा कोरोना भाइरसबाट अहिलेसम्म ५ हजार ९ सय ८२ जनाको मृत्यु भएको छ भने ७३ हजार २ सय ३५ जना संक्रमित भएका छन्।