चितवन । कोरोना संक्रमित नेपाली युवतीसँगै कतार एयरवेजको विमानबाट नेपाल आएका चितवनका ५ जना व्यक्तिको कोरोना रिर्पोट सार्वजनिक भएको छ।
चितवनस्थित कोरोना अस्पतालको आइसोलेसन बार्डमा भर्ना भएका उनीहरुको शनिबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो।
चैत ४ गते कतार एयरवेजको क्यू आर ६५२ विमानबाट काठमाडौँ आएकी एक युवतीमा चैत १० गते कोरोना संक्रमणको पुष्टि भएपछि उनीसँगै आएका सबै यात्रुको खोजी भएको थियो। यसै क्रममा उक्त विमानमा आएका चितवनका ५ जनालाई भरतपुरको कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो। तर उनीहरुमा कोरोना संक्रमण पुष्टि नभएको हो ।