काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले सरकारलाई ‘अधम सरकार’को संज्ञा दिनुभएको छ । ट्वीट गर्दै डा. भट्टराईले सरकारलाई अधम भन्नुभएको हो ।
‘उत्तम मान्छेले आफैले जानेर गर्छ रे ! मध्यमले अरूले भनेको मानेर गर्छ रे ! अधमले आफू पनि जान्दैन अरूले भनेको पनि मान्दैन रे !’ यस्ता प्रसङ्ग निकाल्दै डा. भट्टराईले भन्नुभएको छ, ‘दिनहुँ ज्यालामजदूरी नगरे साँझबिहान हातमुख जोर्न नसक्ने लाखौं मान्छेलाई लकडाउनको बेला राहत दिनुपर्यो भनेर यति चिच्याउँदा पनि यो अधम सरकार किन तयार नभएको हो ? खबरदार !’
उत्तम मान्छेले आफैले जानेर गर्छ रे!मध्यमले अरूले भनेको मानेर गर्छ रे!अधमले आफु पनि जान्दैन अरूले भनेको पनि मान्दैन रे!दिनहुँ ज्यालामजदूरी नगरे साँझविहान हातमुख जोर्न नसक्ने लाखौं मान्छेलाई लकडाउनको वेला राहत दिनुपर्यो भनेर यति चिच्याउँदा पनि यो अधम सरकार किन तयार नभएको हो?खबरदार!
— नियमित हात धोऔं / Wash your hands ! (@brb1954) March 28, 2020