लकडाउनको साइड इफेक्ट : दिल्ली छाड्दै हजारौ मानिस, सरकारलाई पर्यो आपत

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ३ : १६


नयाँ दिल्ली। भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ९ सय नाघेको छ। अहिलेसम्म २१ जनाको  मृत्यु भएको छ।

केरलामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या २१ पुगेको छ।

कोरोनाको जोखिम बढेसँगै भारतले लकडाउनको घोषणा गरेको छ। लकडाउनले देशठप्प बनेसँगै दिल्लीमा काम गर्नेहरु मजदुरहरु घर फर्किन थालेका छन्।

हजारौं कामदारहरू गाँउ फर्कने भन्दै सडकमा लामवद्ध भएपछि सरकारलाई रोक्न निकै अफ्ठेरो भएको छ।

केन्द्र र राज्य सरकारहरूले यसको सामना गर्न धेरै कदमहरू लिएका छन्। 

दिल्लीमात्रै होइन देशका प्राय सबै शहरमा अवस्था उस्तै रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

देशमा लकडाउनका बाबजुत हजारौ मानिस सडकमा फसेपछि काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले सरकारको ध्यानाकर्षण गराएका छन्।


प्रतिक्रिया दिनुहोस्