कोरोनाबाट स्पेनमा ५ हजार भन्दा बढिको मृत्यु

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  २ : ४५


मड्रिड । कोरोना भाइरसबाट स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ८३२ व्यक्तिको मृत्युपछि त्यहाँ मृत्यु हुनेको कुल संख्या ५ हजार नाघेको छ।

संकमितको संख्या ७२ हजार २ सय ४८ पुगेको छ भने मृतकको संख्या ५ हजार ६ ९० पुगेको हो। 

कोरोना संक्रमणको कारण मृत्यु हुने देशमा इटली पछि स्पेन सबैभन्दा बढी प्रभावित देश बन्न पुगेको छ। 

कोरोनाले संकट निम्त्याएपछि देशमाआपतकाल घोषणा गरिएको छ। लकडाउन कम्तिमा १२ अप्रिलसम्म जारी रहनेछ।

धेरै जसो पसल र व्यवसायिक संस्थाहरु बन्द छन् भने मानिसहरुको हिडडुलमा समेत कडाई गरिएको छ।

अस्पताल र अन्य ठाउँहरूमा सरसफाईका लागि सेना परिचालन गरिएको  छ। 

अन्य देशहरू जस्तै स्पेनमा पनि अस्पतालहरू ठूलो दबाबमा छन्।

स्वास्थ्यकर्मीहरू अपर्याप्त सुरक्षा उपकरणहरूको अभावको बारेमा गुनासो गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्