भारत सरकारलाई टाटा ट्रष्टबाट ५ सय करोड सहयोग

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : ०२


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न टाटा ट्रस्टले भारतलाई ५ सय करोड भारतीय रुपैयाँ सहयोग गर्ने भएको छ । ट्रस्टका अध्यक्ष रतन टाटाले कोभिड–१९ विरुद्ध लड्नका लागि ५ सय करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

रतन टाटाले भन्नुभएको छ, ‘कोभिड–१९ का कारण भारतलगायत विश्वको वर्तमान अवस्था चिन्ताजनक छ । यसविरुद्ध लड्न तत्काल आपतकालीन सहयोग आवश्यक छ । ट्रस्टले सबै समुदायको संरक्षणका लागि उक्त सहयोग रकम उपलब्ध गराउने बाचा दोहोराउन चाहन्छु ।’

उक्त सहयोगबाट उपचारको क्रममा अग्रभागमा खटिने चिकित्सकहरुका लागि टेस्ट किट लगायत आवश्यक मेडिकल सामग्री खरिदमा खर्च गरिने ट्रस्टले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस्