लकडाउनका बीच सरकारले पसल खोल्न दिने, तोक्यो समयावधि

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ११ : ५८


काठमाडौं । सरकारले लकडाउनका बीच अत्यावश्यक वस्तुका लागि पसल खुल्ला गर्न दिने भएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले पसल खोल्ने समय निर्धारण गरेको छ।

अब चामल, दाल, तेल, दूध, पानी र तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध हुने पसल दिनमा २ पटक खोल्न पाइने भएको छ।

बिहान ४ घण्टा र बेलुका २ घण्टा पसल खोल्न पाइने गरि मन्त्रालयले तालिका बनाएको छ।

बिहान ४ बजेदेखि ८ बजे र दिउँसो ३ देखि साँझ ५ बजेसम्म पसल खोल्न पाइने छ।


प्रतिक्रिया दिनुहोस्