राँझामा विमान दुर्घटनापछि फेरि अर्को विमान जाँदै

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : ३५


काठमाडौं । कोरोना संक्रमितको आशंका गरिएकाहरुको नमुना लिन नेपालगञ्जको राँझा विमानस्थल पुगेको विमान दुर्घटना भएपछि नेपाल एयरलाइन्सले अर्को विमान पठाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नमुना लिन गएको विमान दुर्घटनामा परेपछि अर्को विमान पठाउन लागिएको जानकारी दिनुभएको छ ।

पर्यटनमन्त्री भट्टराईले असामान्य अवस्थामा काम गर्ने चालक दलका सदस्य तथा कर्मचारीहरुलाई धन्यवाद समेत दिनुभयो । नमुना लिन नेपालगञ्जको राँझा पुगेको विमान आज बिहान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो । दुर्घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन ।
 


प्रतिक्रिया दिनुहोस्