कोरोनाको नमुना लिन अर्को जहाज पठाईदै

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : २०


काठमाडौं । नेपाल एरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दा धावनमार्ग भन्दा बाहिर गएको छ।

कोरोना संक्रमणको उपचार लागि आवश्यक पर्ने सामाग्री लगेर काठमाडौबाट गएको नेपाल बायु सेवा निगमको जहाज शनिवार मध्यान्ह अवतरणकाक्रममा उछिट्टएर एरपार्टको रनवे भन्दा बाहिर गएको हो।

जहाजमा रहेका चालक दलका सदस्य सहित पाँच जना सकुशल रहेकोका छन् । 

विमान दुर्घटना भए लगत्तै उद्धार टिम खटिएको छ। यसैबीच, पर्यटनमन्त्री योगेश भट्टराईले अर्को जहाज पठाइने जानकारी दिनु भएको छ।

मन्त्री भट्टराईले एक ट्विट मार्फत अर्को जहाज पठाइन लागेको उल्लेख गरेका छन्।

विमानमा सवारलाई केही नभए पनि विमानको बाहीरी भागमा सामान्य क्षति पुगेको नेपालगञ्ज विमानस्थलले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्