इटलीमा कोरोनाबाट ५१ चिकित्सकको मृत्यु

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : ०३


इटलीमा कोरोना भाइरस विरुद्धको लडाईमा अग्रमोर्चामा खटिएका ५१ चिकित्सकको मृत्यु भएको छ।

महामारीको गढ बनेको इटलीमा कोरोनाले ५१ जना चिकित्सकको ज्यान लिएको हो। 

संक्रमितहरुलाई बचाउनमा उपचारमा खटेका चिकित्सकहरुलाई संक्रमितबाटै भाइरस सरेर संक्रमित भएका हुन्। 

यसैबीच इटालीमा कोरोना भाइरसबाट मर्ने व्यक्तिको संख्या ९ हजार १ सय ३४ पुगेको छ जुन विश्वका अन्य देशको तुलनामा सबै भन्दा धेरै हो।

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ।

सीएनएनको रिपोर्ट अनुसार सबै ५१ डाक्टरहरूमा कोरोना भाइरस पोजेटिभ पाइएपछि उपचार लागि भर्ना भएका थिए।

ती सबै डाक्टरको उपचारको क्रममा मृत्यु भएको हो। 

शुक्रबार मात्रै इटलीमा ९ सय ७० जना संक्रमितको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्