कोरोनाको उच्च जोखिममा महिला भन्दा पुरूष, झनै जोखिममा रक्सी-चुरोट खानेहरू

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : २७


एजेन्सी । चीनको वुहानबाट संसारभर फैलिएको कोरोना भाइरसले विश्वलाइनै  संकटमा पारेको छ। 

घातक यो भाइरसबारे धेरै सोधखोज भइरहेका छन्। 

यसैबीच, चिनियाँ रोग नियन्त्रण केन्द्रले एक रिपोर्ट सार्वजनिक गरेको छ।

जसमा कोरोनाको जोखिम महिलाहरू भन्दा पुरुषहरूमा बढी रहेको देखाइएको छ। रिपोर्टका अनुसार सङ्क्रमित हुनेमा पुरुषहरूको सङ्ख्या धेरै छ।

ज्यान गुमाउनेको संख्या पनि महिला भन्दा पुरुषहरुको नै बढी छ। 

इटाली, चीन, फ्रान्स, जर्मनी, इरान र दक्षिण कोरियामा वैज्ञानिकहरूले ८८ हजार संक्रमितहरुमाथि अध्ययन गरेका हुन।

उनीहरुमा २.८ प्रतिशत पुरुष र १.७ प्रतिशतमा महिलाको मृत्यु भएको पाइएको छ।

हाल कोरोनाको इपिसेन्टर रहेको इटलीमा पनि ज्यान गुमाउने तथा सङ्क्रमित हुनेमा आधिकांश पाको उमेर समुहका मानिस रहेको पाइएको छ। 

इटलीको नेशनल हेल्थ इन्स्टिच्युटका अनुसार कुल सङ्क्रमितको सङ्ख्यामा ६० प्रतिशत सङ्क्रमित पुरुष रहेका छन्। सङ्क्रमणबाट मर्नेमा पनि ७० प्रतिशत पुरुष नै छन्।

दक्षिण कोरियामा पनि त्यस्तै हालत छ त्यहाँ सङ्क्रमणबाट मर्नेमा ५४ प्रतिशत पुरुष रहेको पाइएको छ। चीनमा कोरोना पोजेटिभ हुनेमा ६८ प्रतिशत पुरुष नै छन्।

इरानमा पनि संक्रमितमा ६४ प्रतिशत पुरुषनै रहेका छन्।

            विज्ञहरु भन्छन् 'महिलाहरुसंग संक्रमण संग लड्ने क्षमता बढी छ'

कोरोना बारेको उक्त रिपोर्ट संकटसँग जुध्दै गरेका अमेरिकालाई समेत दिइएको छ।

अमेरिकी विज्ञ डाक्टर डेब्रोह ब्रिक्सका अनुसार यो सङ्क्रमणले सबैलाई असर गर्छ। तर, जोसँग रोगप्रतिरोधात्मक क्षमता कम छ उनीहरूमा यसो उच्च प्रभाव पर्छ। 

महिला तथा बच्चाहरू भन्दा बढी पुरुषले चुरोट, मदिरा तथा लागू पदार्थ सेवन गर्ने गर्दछन्।

यसले उनीहरूको रोग प्रतिरक्षा प्रणाली कमजोर पारेको हुन् र भाइरसले त्यस्ता व्यक्तिहरूमा चाँडै आफ्नो प्रभाव जमाउँछ।

चिनियाँ रोग नियन्त्रण केन्द्रका निर्देशक जर्ज एफ गाओ भन्छन् ,'धूम्रपानले मानिसको फोक्सोलाई हानी पुर्‍याउँछ। एक तथ्याङ्क अनुसार ५२ प्रतिशत पुरुष र १२ प्रतिशत महिलाहरूले धूम्रपान गर्ने गरेका छन्। यसले निकै असर गर्छ।'

युनिभर्सिटी अफ इस्ट इंगोलियाका प्रोफेसर पल हन्टर भन्छिन् महिलाहरूमा पुरुषहरूको भन्दा भिन्न प्रतिरोधात्मक क्षमता हुन्छ। महिला अटो इम्युन डिजिजबाट (प्ररिक्षा प्रणाली अति सक्रिय भएर हुने रोग)बाट भने खतरामा हुन्छन्। तर, फ्लु विरुद्ध लड्न उनीहरूमा सजिलै लड्न सक्छन्।

उक्त रिपोर्टका अनुसार बुढापाकालाई पनि कोरोना खतरा बढी हुन्छ। खासगरी उच्च रक्तचाप भएका एवं मुटुसम्बन्धी रोगी रहेकालाई भाइरसले चाँडे समात्ने गर्छ । 

फेब्रुअरीको मध्यसम्ममा भाइरसबाट ४४७०० सङ्क्रमणको घटना मध्ये ८० प्रतिशत भन्दा बढि ६० बर्ष पार गरेका व्यक्तिहरु थिए।

त्यसमा आधा बढि ७० बर्ष भन्दा बढि उमेर समुहका मानिस थिए। ८० साल भन्दा बढि उमेरका व्यक्तिको मृत्यु हुने सङ्ख्या १५ प्रतिशत भन्दा बढि थियो।

          इटालीमा ७० लाख पुरुषले धूम्रपान सेवन गर्छन्

चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चीनमा करीव ३६ करोड मानिसहरू धूम्रपान गर्छन्। ५० प्रतिशत भन्दा बढी पुरुषहरू र ३ प्रतिशत भन्दा कम महिलाहरू धुम्रपान गर्छन्।

इटालीको नेशनल हेल्थ इन्स्टिच्यूट (आईएसएस) का अनुसार ७० लाख पुरुष र ४० लाख महिलाले धूम्रपान गर्ने गरेको तथ्याङ्क छ।

रिपोर्ट अनुसार अस्पतालमा भर्ना भएका सङ्क्रमितमा एक तिहाइ धूम्रपान गर्ने मानिस छन् र तिनीहरूको अवस्था अरु भन्दा गम्भीर छ।

उनीहरूको उपचारका लागि अरू भन्दा धेरै भेन्टिलेटरहरू आवश्यक परेका छन्।
 


प्रतिक्रिया दिनुहोस्