राँझा विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : ४३


काठमाडौं । नेपालगञ्जको राँझा विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट राँझा एयरपोर्ट पुगेको विमान अवतरणका क्रममा दुर्घटना भएको बताइएको छ ।

राँझा विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर विमान झाडीमा पुगेको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । दुर्घटना भएको प्रहरी प्रक्ता एसएसपी उत्तमराज जोशीले पुष्टि गरेका छन् ।

विमानस्थलमै रहेका सुरक्षाकर्मीका अनुसार, ल्याण्ड गर्ने क्रममा विमान चिप्लिएर दुई सय मिटर जति झाडीमा पुगेको छ । विमान चिप्लिँदै गर्दा ठूलो आवाज समेत आएको बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

विमानमा रहेका तीनजना चालक दलका सदस्य रहेको र दुई जना चिकित्सक रहेका छन् । उनीहरु सकुशल रहेको तर विमानमा भने क्षति पुगेको छ । सो विमान कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना लिन गएको बुझिएको छ ।
 


प्रतिक्रिया दिनुहोस्