यसरी सखाप पार्छ कोरोनाले केही दिनमै फोक्सो, हेर्नुहोस् तस्वीर

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : ३२


एक डाक्टरले लाइभ भिडियो सार्वजनिक गर्दै कोरोना भाइरसले कसरी मानिसको फोक्सोमा असर गर्छ भन्ने दुष्य देखाएका छन्। डाक्टरले अमेरिकाको एक अस्पतालमा उपचार गराइरहेका बिरामीको ३६० डिग्री, ३डी तस्वीर क्लिक गरेका छन्।  

सीएनएनको रिर्पोट अनुसार ५० वर्षदेखि बढी उमेरका ती व्यक्ति कोरोना भाइरसबाट पीडित थिए। केही दिनभित्रै उनको हालत गम्भिर बने। जोर्ज वासिङटन यूनिभर्सिटीमा उनको उपचार भइरहेको बताइएको छ।   

डाक्टरले तस्वीरका माध्यमबाट देखाएका छन् की कसरी कोरोना भाइरसबाट पीडित व्यक्तिको दुबै फोक्सो नराम्रो तरिकाले बिग्रिरहेको छ। कोरोान भाइरस तिब्र रुपमा ती व्यक्तिको फोक्सोमा फैलिएको देखाइएको छ। 

रिर्पोटका अनुसार तस्वीर लिनुभन्दा केही दिनअघि ती व्यक्तिको शरीरमा कुनै लक्षण देखिएका थिएनन्। तर अचानक उनलाई श्वासप्रश्वासमा समस्या देखियो। भेन्टिलेटरमा राख्दा पनि उनको अवस्थामा सुधार आइरहेको थिएन्। डाक्टरले तस्वीर सार्वजनिक गर्दै भनेका छन्, तस्वीरमा ती व्यक्तिको फोक्सोमा हरियो रंगको क्षेत्र देखिएको छ। जसमा कोरोनाले फोक्सोको  टिश्यूलाई कसरी बिगारेको छ ? 

जर्ज वाशिङ्टन यूनिभर्सिटीका डाक्टर केथ मोर्टम्यान र उनको टिमले कोरोान भाइरसबाट पीडित व्यक्तिको फोक्सोको स्क्यान गरेको फोटोको आधारमा भिडियो तयार पारेका थिए। 


प्रतिक्रिया दिनुहोस्