लक डाउनमा शहरबाट गाउँ फर्किएका बाबु छोरामा कोरोना भाइरसको संक्रमण भेटियो

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ५ : ५२


विश्व महामारीको रुप ल्याएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विभिन्न देशमा लक डाउनको घोषणा गरिएको छ। लक डाउनको घोषणासँगै कामका लागि शहर छिरेका मानिसको गाउँ फर्किने क्रम बढेको छ। 

यसै क्रममा भारतमा लकडाउनको घोषणा भएसँगै शहरबाट गाउँ छिरेका बाबु छोरामा कोरोना भाइरसको संक्रमणको पुष्टी भएको छ। उनीहरु मजदूरीका लागि गाउँबाट शहर छिरेका थिए। भारतमा पूर्ण लकडाउनको घोषणा भएपछि उनीहरु शहरबाट गाउँ फर्किएका थिए। 

मोटरसाइकलबाट भारतको इंदौरबाट उनीहरु राजस्थानको डुंगरपुर जिल्लामा रहेको आफ्नो गाउँ फर्किएका थिए। गाउँ पुगेपछि उनीहरुको स्वास्थ्य अवस्था खराब हुँदै गयो। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको अस्पताल स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

उनीहरु २५ मार्चमा उनीहरु गाउँ फर्किएका थिए। गाउँमा २४ घण्टा रहेपछि उनीहरुको स्वास्थ्यमा समस्या देखिएको थियो। स्वास्थ्यमा समस्या आएपछि दुबैलाई सामुदायिक स्वास्थ्य केन्द्र पुगेका थिए। दुबैलाई कोरोनाको लक्षण भेटिएपनि उनीहरुलाई एम्बुलेन्सबाट जिल्ला अस्पताल पठाएको थियो। जहाँ उनीहरुको कोरोना रिर्पोट पोजेटिभ भेटियो। 

उनीहरुलाई अहिले आइसोलेशन वार्डमा भर्ना गरेर उपचार गरिरहेको समाचारमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस्