विश्व महामारीको रुप ल्याएको कोरोना भाइरसको संक्रमण १९९ देशमा फैलिएको छ। कोरोान भाइरसविरुद्धको खोप अहिलेसम्म नबनीसकेका कारण यो नियन्त्रणभन्दा बाहिर गएको छ।
यसै क्रममा भारतीय वैज्ञानिकले घातक कोरोना भाइरसको पहिचान गरेका छन्। माइक्रोस्कोपका माध्यमबाट वैज्ञानिकले कोरोान भाइरसको रुप पत्ता लगाएका हुन्। जसको तस्वीर पनि सार्वजनिक भएको छ। भारतीय वैज्ञानिकले सार्वजनिक गरेको तस्वीरमा भाइरस एक विन्दी (टिकुली) भन्दा पनि निकै सानो देखिएको छ।
वैज्ञानिले यो भाइरसको पहिचान गत ३० जनवरीमा भारतमा भेटिएका पहिलो कोरोना संक्रमित व्यक्तिको घाँटीको नलीबाट लिएको नमुनाको जाँचपछि माइक्रोस्कोपका माध्यमबाट उक्त तस्वीर लिइएको भारतीय सञ्चारमाध्यले जनाएका छन्।
यस अनुसन्धानलाई इण्डियन जर्नल अफ मेडिकल रिसर्चको नयाँ संस्करणमा प्रकाशित गरिएको छ। अब चाडै वैज्ञानिकले घातक कोरोना भाइरसको उपचार खोज्ने विश्वास पनि गरिएको छ।
हेर्नुहोस् तस्वीर