संसारमै सबैभन्दा धेरै कोरोनाका बिरामी अमेरिकामा

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ४ : १८


एजेन्सी । विश्वलाई नै आफ्नो लपेटमा ल्याइसकेको कोरोनाका बिरामी संसारमै सबैभन्दा धेरै अमेरिकामा भएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ३४५ जनाको मृत्यु भएको छ भने १८ हजार नयाँ संक्रमित फेला परेका छन् ।

यो नयाँ आँकडाअनुसार अमेरिका कोरोना प्रभावित सबैभन्दा ठूलो देश बनेको छ । अमेरिकामा अब इटाली भन्दा १५ हजार र चीनभन्दा २० हजार धेरै कोरोना संक्रमण देखिएको छ । अमेरिकामा १ लाखभन्दा बढी संक्रमितको संख्या भएको छ भने २४ घण्टामा १८ हजार संक्रमित पुगेका छन् । अमेरिकामा हरेक १ मिनेटमा १३ संक्रमित बढिरहेका छन् ।

कोरोना भाइरसले इटाली र स्पेनमा कहर बर्साइसकेपछि अब अमेरिकामा विनाशक बनेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३४५ जनाको मृत्यु भएको छ । यसका साथ अमेरिकामा कोरोनाबाट संक्रमितको संख्या १ लाख पार गरिसकेको छ । यो आँकडासँगै अमेरिकाले कोरोना संक्रमणको मामिलामा चीन, इटली र स्पेनलाई पनि पछाडि छोडिसकेको छ । 
 


प्रतिक्रिया दिनुहोस्