चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९९ देशमा फैलिएको छ। यसबाट भारत पनि अछुतो रहन सकेको छैन्। भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ भने ८८७ जना संक्रमित फेला परेका छन्।
कोरोना भाइरस विरुद्ध लड्नका लागि चर्चित स्टारहरु अघि सरेका छन्। यसै क्रममा भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले १ लाख सहयोग गरेका छन्। धोनीले १ लाख सहयोग गर्दा उनका फ्यान निकै आक्रोशित देखिएका छन्। ८ सय करोड कमाउने धोनीले जम्मा १ लाख सहयोग गरेको भन्दै फ्यान आक्रोशित बनेका हुन्।
I am a dhoni tard but if he has donated 1 lakh only . I am the first one to be very sad about this. https://t.co/nFkqennP8A
— msdian 2511 (@swapnilbajpai82) March 27, 2020
सामाजिक सञ्जालमा एक यूजर्सले लेखेका छन्, '८०० करोड कमाउने धोनीले जम्मा १ लाख सहयोग गरे, यो निकै दुखद छ।'
त्यस्तै बाहुबली स्टार प्रभासले कोरोना विरुद्ध लड्नका लागि ४ करोड सहयोग गरेका छन्। प्रभासले ३ करोड रुपैयाँ प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा र ५०/५० लाख रुपैयाँ आन्द्र प्रदेश र तेलंगाना मुख्य मन्त्री राहत कोषमा सहयोग गरेका छन्। प्रभासको यस कदको उनको फ्यानले निकै तारिफ गरेका छन्।
Darling #Prabhas contributes
4 Crores to the government to fight against #coronavirus ??3 crores to @PMOIndia Relief Fund & 50 lakhs each to @TelanganaCMO Relief Fund and @AndhraPradeshCM Relief Fund ?#StayHomeStaySafe#IndiaBattlesCoronavirus pic.twitter.com/tPxwyK6ugQ
— Prabhas (@PrabhasRaju) March 26, 2020