कोरोनाको त्रासः मलभित्र महिलाले हाछ्यु गर्दा मालिकले फाले २६ लाखको सामान

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ३ : २२


काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीले विश्व पुरै त्रसित छ। यसै क्रममा सामान खरिदका लागि आएकी महिलाले हाछ्यु गरेकै कारण मलका मालिकले २६ लाख मूल्य बराबरको सामान फालेका छन्। 

घटना अमेरिकाको पेन्सिल्वेनिया भन्ने स्थानको हो। सामान खरिद गर्नका लागि मलमा पुगेकी एक महिलाले हाछ्यु गर्दा मलका मालिले ३५ हजार डलर अर्थात करिब २६ लाख मूल्य बराबरको सामान फालेको त्यहाँका अधिकारीलाई उदृत गर्दै सीएनएनले जनाएको छ। 

स्टोरकिपरका अनुसार महिलाले मलमा पसेपछि नै हाछ्यु गर्न सुरु गरेकी थिइन्। त्यसपछि उनले मलभित्र स्टोरमा राखिएको बेकरीका सामान र मासु नजिक पनि हाछ्यु गर्न सुरु गरिन्। त्यसपछि मल मालिकले सबै सामान स्टोरबाट फालिदिए। त्यतिमात्रै हैन ती मालिकले तुरुन्त प्रहरीलाई बोलाएर महिलालाई पक्राउ गर्न पनि लगाए। 

लगातार हाछ्यु गरेपछि महिला कोरोना भाइरस संक्रमित रहेको आशंकामा मालिकले तुरुन्त प्रहरीलाई फोन गरेर उनलाई पक्राउ गर्न लगाएको समाचारमा जनाइएको छ। अनुसन्धानपछि महिलाले जानिजानी त्यो सब गरेको खुलासा भएको छ। अब ती महिलामाथि अपराधिक मामिलामा मुद्दा चल्ने बताइएको छ। 

जाँच पछि महिलामा कोरोना भाइरसको संक्रमण भने भेटिएन्। यस विषयमा स्टोरका मालिकको पनि बयान सार्वजनिक गरेको छ। घटनापछि मालिकले पूरै मलको सफाइ पनि गराएको समाचारमा उल्लेख छ। चीन र इटलीलाई पछि पार्दै अमेरिका कोरोना भाइरस संक्रमणको सबैभन्दा ठूलो केन्द्र बनेको छ। अमेरिकामा एक लाख बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन्।    


प्रतिक्रिया दिनुहोस्