यूएईमा थप २ नेपालीमा कोरोना भाइरसको संक्रमण फेला

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  २ : २२


युएई । यूएईमा थप २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेको छ। 

युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार २ जना नेपालीसहित ७२ जना नयाँ संक्रमित फेला परेका हुन्। यो सँगै युएईमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५ पुगेको छ।

यसअघि युएईमा कोरोना भाइरसबाट संक्रमित दुई नेपाली उपचारपछि निको भएका थिए। स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तंथ्याक अनुसार २ जना नेपालीसहित हालसम्म ५५ जना उपचारपछि घर फर्किएका छन्।

शुक्रबार फेला परेका नयाँ संक्रमितहरुमा नेपाल सहित भारत र बंगलादेश, श्रींलका, जोर्डन, प्यालेष्टाइन, सिरिया, इरानलगायतका नागरिक रहेका छन्। 


प्रतिक्रिया दिनुहोस्