अमेरिका बन्यो कोरोना भाइरसको सबैभन्दा ठूलो केन्द्र, संक्रमितको संख्या एक लाख नाघ्यो

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : ४०


काठमाडौँ । विश्वकै सबैभन्दा शक्तिशाली मुलुक अमेरिका कोरोना भाइरसको सबैभन्दा ठूलो केन्द्र बनेको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। 

पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना भाइरसका १८ हजार ६ सय ९१ जना नयाँ संक्रमित फेला परेका छन् भने एकै दिन ४ सय जनाको ज्यान गएको छ। यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ४ हजार १२६ पुगेको छ भने मृत्यु हुनेको संख्या १६ सय ९५ पुगेको छ। 

अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या सबैभन्दा प्रभावित मुलुक चीन र इटाली भन्दा बढी हो। कोरोना भाइरसको उद्गम स्थल मानिने चीनमा ८१ हजार ३ सय ९४ जना संक्रमित भएका छन् भने इटलीमा ८६ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टी भएको छ। 


प्रतिक्रिया दिनुहोस्