केही समय अघिसम्म सार्वजनिक स्थानमा खोक्नु एवं हाछ्युँ गर्नु सामान्य नै थियो।
साथी भाइसँग होस या भिडभाडमा समेत यदि कसैलाई हाछ्युँ गर्न मन लागे मानिसहरू सरी, एक्सक्यिुज मि भन्दै खोक्थे। तर, आजभोलि समय निकै फेरिएको छ।
भिडभाड एवं सार्वजनिक स्थलमा खोक्दा मानिसहरू तर्किने गरेका छन्। मान्छेहरू निकै डराउछन्।
चिनेजानेकै कोही मानिस भए पनि 'तिमीलाई पनि कोरोना लाग्यो'..भन्न सम्म भ्याउछन।
त्यो केवल मजाकमै भनिएपनि हाछ्युँ गर्ने मानिसले कुरा भित्री मनमा लिइरहेको हुन्छ।
जसका कारण आफैप्रति भ्रम पाल्दै डिप्रेसनको शिकार बन्न थाल्छ।
उ कोरोना भाइरस संक्रमण सँगसँगै मानसिक रोगी समेत बन्न गइरहेको छ।
क्वारेनटाइन बाट कतिपय व्यक्ति भाग्छन भने धेरैले रोग लुकाउनका लागि मेडिकल चेकअप समेत गर्दैनन्।
यसको पछाडिको सबैभन्दा मूल कारण भनेको 'कोरोना फोविया' हो।
'लकडाउन' पछि मानिसमा कोरोनाको डर यति धेरै भएको छ कि उनीहरू मानसिक रोगको समेत सिकार भइरहेका छन्।
देश-विदेश जताततै अहिले कोरोनाको आतंक छ। यसको सिधा प्रभाव मानिसको मन-मष्तिष्कमा परेको हो।
अहिलेको वातावरण पनि त्यस्तै छ। धेरै मानिस मौसमी फ्लू बाट पीडित छन्। सामान्य रुघाखोकी लागेकाहरू समेत आफूलाई कोरोना सङ्क्रमित महसुस गर्न थालेका छन्।
त्यसैले ठूलो सङ्ख्यामा मानिसहरू दैनिक रुपमा उपचारको लागि अस्पतालमा लामबद्ध हुन पुगेका छन्।
चिकित्सकहरू भन्छन् अहिले धेरै मानिस 'कोरोना फोबिया'को शिकार भएका छन्।
बारम्बार कोरोनाको कुरा गर्नाले समेत मानिसहरू तनावग्रस्त भइरहेका छन्।
कोरोनाको बढ्दो खतरासँगसँगै मानिसमा डरको भावना विकास भइरहेको छ। मानिसमा आफू पनि संक्रमणमा पर्ने पो होकी भन्ने चिन्ता धेरैको मनमा छ।
भाइरसको डर एकातिर छ भने अर्को तिर लकडाउनका कारण घरमै थुनिनु पर्दा झन् मानिसहरू डिप्रेसनको मुखमा पुगेका हुन्।
यी सबै कुराबाट बच्न चिकित्सकहरूले शरीर सफा र दिमाग ताजा राख्न सल्लाह दिन्छन्।
डरलाई हटाउन व्यायाम सँगसँगै खानपिनमा समेत आवश्यक ध्यान दिनुपर्ने चिकित्सकले सुझाव छ।
विज्ञहरूका अनुसार मानिसहरू कोरोना बारे निकै सतर्क छन्। मास्क, सेनिटाइजर लगायतका कुराले समेत उनीहरूलाई चिन्ता छ।
वास्तविकतामा नभएपनि विदेशबाट आएका एवं हाछ्युँ गर्नेहरू सबै कोरोनाका संदिग्ध मानिरहेका छन्।
भाइरसलाई लिएर फैलिएका अफवाहले समेत यस्तो समस्या निम्त्याएकोले सहि सूचना लिन जरुरी छ।
मानिसक रोगी बन्नबाट रोक्न 'सोसियल डिस्टयान्स', 'लकडाउन' लगायतका उपाय किन अवलम्बन गरियो भन्ने बारे समेत सही जानकारी दिन अपरिहार्य बनेको छ।