सेनिटाइजरलाई रक्सी सम्झेर पिएपछि जेलभित्रै कैदीको मृत्यु

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  २ : ५२


काठमाडौं । कोरोना भाइरसबाट बच्न बनाइरहेको सेनिटाइजरलाई रक्सी सम्झेर पिएपछि एक कैदीको ज्यान गएको छ ।

भारतको केरलामा रहेको एउटा जेलमा कैदीले रक्सी सम्झेर सेनिटाइजर पिएपछि उनको मृत्यु भएको बताइएको छ ।

 सेनिटाइजर पिइसकेपछि उनलाई अस्पताल लगिएको थियो । उनको अस्पतालमै मृत्यु भएको आजतकले जनाएको छ । 

फेब्रुअरी १८ मा जमानतमा ल्याइएका बन्दी कैदी रामनकुट्टीले जेलभित्रै सेनिटाइटर पिएका थिए ।

सेनिटाइटर पिएपछि बेहोस भएका उनलाई जेलका कर्मचारीले मंगलबार अस्पतालमा भर्ना गरेका थिए । अस्पतालमै उनको मृत्यु भएको हो । 

उक्त घटनाको सम्बन्धमा वरिष्ठ जेल अधिकारीले भनेका छन  ‘राज्य सरकारको निर्देशन अनुसार जेल परिसरमा बनाइएको सेनेटिजरको बोतल उनले पिएको हामीले आशङ्का गरेका छौं ।’

उनका अनुसार सरकारको आदेशमा जेलमा नै सेनेटिजर बनाउने काम भईरहको थियो । 

कारागारका अधिकारीका अनुसार  ‘आइसोप्रोपिल रक्सी’ लाई ह्‍यान्ड सेनिटाइजरको मुख्य अंशको रूपमा प्रयोग गरिन्छ, तर कैदीले यसलाई रक्सी सम्झेर खाएपछि उनको मृत्यु भएको हो । 

यस घटना पछि प्रहरीले मुद्दा दर्ता गरेको छ भने मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट पछि मात्र थाहा हुने प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्