काठमाडौं । मलेसियामा लकडाउन दुई साता थपिएको छ । मलेसिया सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा १८ मार्चसम्म लकडाउन घोषणा गरेको थियो । त्यसलाई ल दुई साता बढाएर १४ अप्रिलसम्म पुर्याइएको छ ।
मलेसियामा कोरोना संक्रमणबाट अहिलेसम्म २४ जनाले जीवन गुमाइसकेका छन् । संक्रमितको संख्या १ हजार ७ सय ९६ नाघिसकेको छ । मलेसियामा कोरोना संक्रमण बढेपछि नेपार सरकारले त्यहाँ रहेका आफ्ना नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
सरकारले समस्या आए नेपाली राजदूतावासमा सम्पर्क गर्न आव्हान गरेको छ । मलेसियमा रहेका नेपालीले आफूलाई समस्या परे ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।