काठमाडौं । काठमाडौं बाहिर कोरोना भाइरस (कोभिड १९) को पहिलो संक्रमित भेटिएका छन्।
गत चैत ११ गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका व्यक्तिको आज शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो।
संक्रमित व्यक्ति ३४ वर्षीय पुरुष रहेको र उनको अवस्था सामान्य रहेको पनि देवकोटाले जानकारी दिनुभयो।
दुबईबाट फर्किएका उनको विस्तृत विवरण संकलन भइरहेको जानकारी दिदै देवकोटाले उपत्यकाबाहिर पनि संक्रमित देखिनुले आम नागरिक झनै सचेत र सजग बन्नुपर्ने अवस्था देखिएको बताउनुभयो।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या ४ पुगेको छ।
हेर्नुहोस् मन्त्रालयको फेसबुक लाइभ-