अमेरिकामा कोरोनाका सबैभन्दा बढि संक्रमित

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १ : १४


बासिङ्टन । विश्वव्यापी रुपमा सङ्क्रमण फैलाइरहेको कोरोना भाइरस सङ्क्रमति व्यक्तिको सङ्ख्या अमेरिकामा सबभन्दा बढी भएको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ ।  

अमेरिकामा कोरोना भाइरस सङ्क्रमतिको पछिल्लो सङ्ख्या ८५ हजार ५९४ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड १९ सङक्रमितका यो सङ्ख्या चीनको भन्दा बढी हो ।

गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरको शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनमा शुक्रबारसम्म ८१ हजार ३४० जना सङ्क्रमित रहेका छन् । 

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा कोरोना भाइरसको कारण ८० हजार ५८९ जना सङक्रमित रहेका छन । 

इटलीमा दुई दिनको तुलनामा यस भाइरस प्रकोपबाट ज्यान गुमाउनेको सङ्ख्या फेरी बढेको छ । त्यहाँ एकै दिनमा ७१२ जनाको ज्यान गएको छ।

फ्रान्समा एक दिनमा ३६५ जनाको मृत्यु भएको भने, बेलायतमा पनि एकै दिनमा पहिलो पटक १०० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्