काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरसविरुद्ध लड्नका लागि निरन्तर आफ्ना अभिव्यक्तिहरु दिँदै आउनु भएको छ । पछिल्लोपटक उहाँले ४ वटा सुझाव दिँदै श्रमिक, बेरोजगार र विद्यार्थीलाई तत्काल राहत घोषणा र प्रदान गर्नुपर्ने बताउनु भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट मुलुकलाई जोगाउन शुरुदेखि नै अत्यन्त गम्भीरतापूर्वक आफ्ना अभिव्यक्तिहरु दिँदै आउनुभएका प्रवक्ता शर्माले पछिल्लोपटक आफ्नो अभिव्यक्तिमा भन्नुभएको छ, ‘श्रमिक, बेरोजगार र विद्यार्थीलाई तत्काल राहत घोषणा र प्रदान गरौं । रोगले बच्ने र भोकले मर्ने कोही नहुन् सरकार ।’
प्रवक्ता शर्माले लकडाउन बाहिर जिम्मेवारीले हुनेहरुलाई सघाउनुपर्ने, हेलचेक्राईले हुनेहरुलाई सम्झाउनुपर्ने र बहादुरीले हुनेलाई कडाई गर्नुपर्ने बताउनु भएको छ । त्यस्तै, चुल्हो ‘लक्ड’ हुने चिन्ताले लकडाउनबाहिर रहेकाहरुलाई राहत घोषणा गर्नुका साथै प्रदान गर्नुपर्ने अभिव्यक्ति दिनुभएको छ ।
नेता शर्माले भन्नुभएको छ,
लकडाउनबाहिर,
१) जो जिम्मेवारीले छन्– सघाऔं ।
२) जो हेलचेक्राईले छन्– सम्झाऔं ।
३) बहादुरीले जो छन्– कडाइ गरौं ।
४) चुल्हो ‘लक्ड’ हुने चिन्ताले जो छन्–
त्यस्ता श्रमिक, बेरोजगार र विद्यार्थीलाई तत्काल राहत घोषणा र प्रदान गरौं ।
रोगले बच्ने तर भोकले मर्ने कोही नहुन् सरकार !
लकडाउन बाहिर…
१,जो जिम्मेवारीले छन् – सघाऔं l
२,जो हेलचेक्र्यांईले छन् – सम्झाऔं l
३,बहादुरीले जो छन् – कडाइ गरौं l
४,चुल्हो `लक्ड´ हुने चिन्ताले जो छन् –
त्यस्ता श्रमिक ,बेरोजगार र विद्यार्थीलाई तत्काल राहत घोषणा र प्रदान गरौं !रोगले बच्ने तर भोकले मर्ने कोहि नहुन् सरकार !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 27, 2020