धनगढी । कोरोना भाइरसको त्रासका बीच सुदूरपश्चिममा घरको आगँनमा रहेको मूलढोका तथा सिँढीमुनि खनिएको छ।
कोरोनाको औषधी भन्दै हल्ला फैलिएपछि सुदूरपश्चिमका धेरै मानिसले घरको भर्र्याङ मुनि खनेका हुन।
शुक्रबार बिहानै देखि यो हल्लाका आधारमा मानिसहरुले दैलो खनेका हुन ।
कतिपयले घरको सिँढी मुनि खन्दा एउटै प्रकृतिको कालो रङ्गको माटो फेला परेको भन्दै आश्चर्य समेत व्यक्त गरेका छन्।
उक्त माटोलाई टिका निधारमा टिका बनाएर लगाए कोरोना नलाग्ने हल्ला फैलाइएको हो।
डोटीको जोरायल घर भई कैलालीको एक सँस्थागत विद्यालयमा कार्यरत शिक्षक तीर्थराज भट्टले यस्तो खबर आफन्तहरुबाट आफुलाई राती १ बजेको समयमा आएको भन्दै यस्तो स्टाटस लेखेका छन्।
प्रहरीले अफवाह कहाँबाट र कसले फैलायो भन्नेबारे खोजी गरिरहेको छ।