प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड अस्पतालमा

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ९ : ५२


काठमाडौं । अचानक स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष प्रचण्डले भेट गर्नुभएको छ। 

बिहीबार राति अस्पताल भर्ना भएका प्रधानमन्त्रीलाई अध्यक्ष प्रचण्डले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगी स्वास्थ्य अवस्था बुझ्नुभएको हो।

अध्यक्ष प्रचण्ड बिहान साढे ११ बजेतिर महाराजगञ्ज शिक्षण अस्पताल पुगी भेट गरेको उहाँको सचिवालयले जनाएको छ। भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा बुझ्नु भएको थियो। भेटमा कोरोना भाइरसको महामारीबारे पनि कुराकानी भएको सचिवालयले जनाएको छ।

मुटुको चालमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहीबार राती अस्पताल लगिएको थियो। अहिले उहाँ मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रहनुभएको छ।
अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र आजै साँझ डिस्चार्ज गरिने अस्पताल स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्