भित्री सहरमा पनि किटनासक औषधि छर्किने

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ७ : ५८


काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सबै प्रबन्ध मिलाएकाले नआत्तिएर लकडाउनको पूर्ण पालना आग्रह गर्नुभएको छ।

नागरिकको जीवन रक्षाका लागि सरकारले अथक मेहनत गरिरहेको बताउँदै उहाँले सामान्य हेलचक्राईंले विपद् आउनसक्ने भन्दै सतर्क रहनु नै उत्तम उपय भएको बताउनुभयो।

उहाँले भित्री सहरमा पनि किटनासक औषधि छर्कने जानकारी दिनुभयो।

कोरोना भाइसर नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य मन्त्रालयले गरिरहेको तयारीमा सहयोग गर्नका आफ्नो मन्त्रालयले सात सदस्यीय समिति गठन गरेको जानकारी गराउँदै मानन्धरले क्वारेन्टाइन स्थलको अभाव हुन नदिने पनि जनाउनुभयो।

उहाँले काठमाडौं उपत्यकामा क्वारेन्टाइनका लागि तयारी गरिएका स्थलहरुको अभाव हुने अवस्था आए तत्काल नयाँ क्वारेन्टाइन स्थल निर्माणका लागि सहरी विकास मन्त्रालय तयारी अवस्थामा रहेको बताउँदै मन्त्रालयमा सचिवसहित उच्च अधिकारीसँग आफू निरन्तर छलफलमा उल्लेख गर्नुभयो।
 
काठमाडौंमा खुला स्थानका रुपमा चक्रपथसहित फराकिला सडकका किनारामा अस्थायी शौचालयसहितको अस्थायी क्वारेन्टाइन बनाउन सकिने पनि उहाँको भनाइ छ।

मानन्धरले काठमाडौं महानगरले किटनाशक औषधि छर्कने काम थालेको बताउँदै भित्री सहरमा पनि उक्त व्यवस्था मिलाइने जनाउनुभयो ।


प्रतिक्रिया दिनुहोस्