एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिँया समकक्षी सि जिंगपिंग सँग कोरोना भाइरसबारे कुराकानी गरेका छन्।
राष्ट्रपति ट्रम्पले एक ट्विटमार्फत विश्वभर फैलिएको भाइरसबारे समकक्षी सि सँग विस्तृतमा कुराकानी गरेको उल्लेख गरेका छन्।
उक्त भाइरसलाई परास्त गरेको चीनसँग मिलेरै अगाडी जाने ट्रम्पले बताएका छन्।
Just finished a very good conversation with President Xi of China. Discussed in great detail the CoronaVirus that is ravaging large parts of our Planet. China has been through much & has developed a strong understanding of the Virus. We are working closely together. Much respect!
— Donald J. Trump (@realDonaldTrump) March 27, 2020
ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरस भन्दै आएका थिए। उक्त अभिव्यक्तिका कारण चीनले उनको आलोचना गर्ने गरेको थियो।
तर, पछिल्लो कुराकानी सँगै दुईदेशबीचको असमझदारी अन्त्य भएको ठानिएको छ।
चिनियाँ सञ्चारमाध्यमले पनि ट्रम्पसँग राष्ट्रपति सिको कुराकानी भएको उल्लेख गरेका छन।
Xi emphasized that at present, #China– #US relations are at an important juncture. Cooperation between the two nations is mutually beneficial, while confrontation will only hurt the two sides. Cooperation is the only correct choice. https://t.co/lRrtYjnGuM pic.twitter.com/k8XJ2VLbBH
— Global Times (@globaltimesnews) March 27, 2020