काठमाडाैं । कोरोनाभाइरसको संक्रमणबाट भारतमा बिहीबार एकै दिन सात जनाको मृत्यु भएको छ।
एकै दिन सात जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २० पुगेको छ भने बिहीबार साँझसम्म संक्रमितको संख्या सात सय २७ रहेको बताइएको छ।
धेरैजसो मृत्यु हुनेमा वृद्धवृद्धा र अरू कुनै रोगबाट पनि संक्रमित बिरामी रहेका छन्।