स्पेनमा दुई परिवारका ६ नेपालीमा कोरोना भाइरसको संक्रमण देखियाे

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ४ : ३२


काठमाडौं। स्पेनमा कोरोना संक्रमितको संख्या बढिरहेको बेला दुई परिवारका ६ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबारसम्म स्पेनमा ४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। यसको चपेटामा नेपाली पनि परेका हुन्।

दुई परिवारका नेपाली दाजुभाई–दिदीबहिनीमा सामान्य ज्वरो आउनुका साथै खोकी लागेको थियो। कोरोनाको आशंकाका बीच उनीहरु बार्सिलोनाको अस्पतालमा चेकजाँचका लागि जाँदा ६ जनामा पुष्टी भएको वताइएको छ । कोरोनाको संक्रमण सकारात्मक देखिएका ६ नेपालीमध्ये एक जनाको अवस्था खराब रहेको बताइएको छ।

क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् ।


प्रतिक्रिया दिनुहोस्