काठमाडौं । नेपालको पश्चिमी क्षेत्रको आकाशमा एउटा चम्किलो वस्तु आकाशमा देखिएको छ।
आवाज सहित उक्त रहस्यमय वस्तु जमिनतिर खसेको हो। आकाशबाट रहस्यमय वस्तु जमिनतिर खसेपछि धेरैले के होला भन्दै उत्सुकता प्रकट गरेका छन्।
कतिपयले उक्त वस्तु उल्का पिण्डा हुनसक्ने भन्दै अडकलबाजि गरिरहेका छन्। यसबारे सोधखोज हुनुपर्ने माग समेत गरेका छन्।
तस्विर : सामाजिक सञ्जालबाट