प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले लकडाउनका बेलामा तनहुँका जनताका दैनिकी चलाउन समस्या परे आफूलाई सम्झन आग्रह गर्नुभएको छ।
सांसद श्रेष्ठले आज प्रेस विज्ञप्ती जारी गरी लकडाउनको समयमा निम्न वर्गका जनताको दैनिकी निकै कष्टकर र कठिनाई भएको महशुस गरेपनि जनताको दुःखमा साथ दिन भौतिक रुपमा उपस्थित हुन नसकेको भन्दै केही समस्या परे आफूलाई सम्झन आग्रह गर्नुभएको हो।
सांसद श्रेष्ठले आफ्नो मोवाइल नम्बर ९८५१०३८५३५/९८५६०४८५३५ र स्वकीय सचिव जगत खड्काको मोवाइल नम्बर ९८४१४२४९६१ मा फोन गरी समस्या बताएमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। सांसद श्रेष्ठले लकडाउनको अवधिमा दिनभर काम गरेर बिहान र बेलुकीको छाक टार्न बाध्य हुने निम्न वर्गका श्रमजीवि वर्गका नागरिकलाई निकै कष्ट भएको आफूले महशुस गरेको बताउनुभयो।