कोरोनाको संक्रमणका कारण इराकबाट फ्रान्सका सैनिक फिर्ता

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ११ : ४३


पेरिस । कोरोनाभाइरसको महामारी र अत्यधिक संक्रमणको कारण देखाउँदै फ्रान्सले इराकमा तैनाथ सैनिकहरुलाई स्वदेश फिर्ता गर्ने निर्णय गरेको छ। 

इराकी सैनिक कमान्डले फ्रान्सेली सैनिक टुकडी फिर्ता हुने बुधबार घोषणा गरेको हो।

स्थानीय संचार माध्यम ली फिगारोले वरिष्ट सैनिक अधिकृतको भनाई उद्धृत गर्दै भनेको छ, “इराकी सरकारको समन्वयमा गठबन्धन सेनाले इराकमा तैनाथ आफ्ना फौजको कार्यशैलीमा फेरबदल गर्न लागेको छ र इराकी फौजसँगका सबै तालिम कार्यक्रमहरु निलम्बन गर्ने निर्णय भएको छ ।”

फ्रान्समा हालसम्म कोरोनाभाइरसका कारण २५ हजारभन्दा बढी संक्रमित भएका छन् भने एक हजार ३३१ जनाको मृत्यु भएको छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने २२ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्