दशैं र तिहार एक महिना ढिलो हुने

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ११ : १८


काठमाडौं । आउँदो सालको दशैं र तिहार विगतमा भन्दा एक ढिलो हुने भएको छ । २०७७ सालको दशैं र तिहार महिना पर धकेलिएको छ । दशैं र तिहार मलमासको कारण पर धकेलिएको हो ।

प्राय जसो दशैं असोज र तिहार कात्तिकमा हुने गर्छ । तर २०७७ सालमा असोजमा मलमास परेकाले दशैँ र तिहार पर धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएकाे छ । २०७७ सालमा दशैं कात्तिकबाट मात्र हुनेछ । कात्तिक १ गते घटस्थापना परेको छ । फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको छ ।

मलमासको कारण तिहार पनि पर धकेलिएको छ । तिहार कात्तिकको अन्तिम सातादेखि मात्र शुरु हुनेछ । तिहार कात्तिक २८ गतेदेखि हहुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मंसिर १ गते परेको परेको छ । नयाँ सालको पात्रो बजारमा आउन थालिसेको छ । २०७७ सालमा विवाहको साइत १५ दिन मात्रै छ ।


प्रतिक्रिया दिनुहोस्